खेल

क्यानडाविरुद्ध अनिलको शतक, भीम सार्की पनि शतक नजिक

क्यानडाविरुद्ध जारी तेस्रो अन्तर्राष्ट्रिय एक दिवसीय (ओडिआई) क्रिकेटमा नेपाली ओपनर ब्याटर अनिलकुमार साहले शतक प्रहार गरेका छन्। ६ खेलको छोटो करिअरमा उनले पहिलो शतक प्रहार गरेका हुन्।

शतक प्रहार गर्न उनले ११८ बलमा शतक पूरा गरेका हुन्। शतक प्रहार गर्ने क्रममा अनिलले १२ चौका र एक छक्का प्रहार गरेका छन्। साहसँगै तेस्रो विकेटका लागि १५० रनभन्दा बढीको रेकर्ड साझेदारी निभाइरहेका भीम सार्की पनि शतक नजिक छन्। 

दुबैजनाको साझेदारीसँगै २३३ रन पछ्याएको नेपाल सहज जित तर्फ लम्किएको छ।

प्रकाशित: २९ माघ २०८० १५:४३ सोमबार

ब्याटर अनिलकुमार साह