खेल

क्यानडाविरुद्ध अनिलको लगातार दोस्रो अर्धशतक

क्यानडाविरुद्ध जारी अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा नेपाली ओपनर ब्याटर अनिलकुमार साहले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्।

शनिवनर सम्पन्न दोस्रो एकदिवसीय खेलमा मौका पाउँदा १९ बलमै रेकर्ड अर्धशतक पूरा गरेका अनिलले आजको तेस्रो एकदिवसीय खेलमा पनि अर्धशतक प्रहार गरेका हुन्।

अनिलले आज अर्धशतक पूरा गर्ने क्रममा ५१ बलको सामना गरेका छन्। उनी अहिले ५१ बलमा ५० रन बनाएर खेलिरहेका छन्।  

२३३ रनको लक्ष्य पछ्याएको नेपाल जारी खेलमा १५ ओभरमा एक विकेट गुमाएर ८३ रनको स्थितीमा छ।

प्रकाशित: २९ माघ २०८० १४:१९ सोमबार

नेपाल ओपनर ब्याट्सम्यान अनिल साह अनिल साह अर्धसतक