खेल

म्यानचेस्टर सिटीको उपाधि होड थप बलियो

काठमाडौं – म्यानचेष्टर सिटीको इङलिस प्रिमियर लिगको उपाधि होड थप बलियो बनेको छ। लिग अन्र्तगत सोमबार राति सम्पन्न खेलमा सिटीले १९ औं स्थानको स्टोक सिटीलाई २–० ले हरायो। सिटीको जितमा खेलको १० र ५० औं मिनेटमा डेभिड सिल्भाले गोल गरे।
जितसँगै शिर्ष स्थानको म्यानचेस्टर सिटीको ३० खेलबाट ८१ अंक भएको छ। सिटीले दास्रो स्थानको म्यानचेस्टर युनाईटेडसँगको अंक दुरी १६ मा पुर्याएको छ। युनाइटेडको समान खेलबाट ८१ अंक छ।
तेस्रो स्थानको टोटनह्यामको ६१ अंक छ भने ६० अंकको साथ लिभरपुल चौथो तथा ५६ अंकसहित चेल्सी पाँचौ छ।

प्रकाशित: २९ फाल्गुन २०७४ ०५:०४ मंगलबार