खेल

सागरको नयाँ राष्ट्रिय कीर्तिमान

नेपाली भारोत्तोलक सागर भण्डारीले शनिबार एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

उज्बेकिस्तानको तास्केन्टमा जारी प्रतियोगिताको पुरुष १०९ केजीमाथि सागरले क्लिन एन्ड जर्कमा १७१ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। उनकै नाममा १७० केजीको कीर्तिमान थियो। सो कीर्तिमान उनले १९औं एसियाली खेलकुदमा बनाएका थिए।

प्रकाशित: २८ माघ २०८० १२:३९ आइतबार

१९औं एसियाली खेलकुद सागरको नयाँ राष्ट्रिय कीर्तिमान