खेल

नेपाले गुमायो दोस्रो विकेट, आक्रामक अर्धशतक जोडेर अनिल साह आउट

क्यानडाविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपाली क्रिकेट टिमलाई दोस्रो झट्का लागेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले आक्रामक पारी खेलेर अर्धशतक बनाएका अनिलकुमार शाहको विकेट गुमाएको हो। अनिल २० बल खेलेर ५० रन बनाउँदै आउट हुन पुगे। जसमा सात चौका, तीन छक्का प्रहार गरेका छन्।

थोरै अघि १० रन जोडेका ओपनर आसिफ शेखका रुपमा पहिलो नेपालले विकेट गुमाएको थियो।

अहिले क्रिजमा कप्तान रोहित पौडेल र देव खनाल छन्। नेपालको स्कोर ८ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ६५ रन जाेडेकाे छ।

प्रकाशित: २७ माघ २०८० १४:११ शनिबार

नेपाली क्रिकेट टिम क्यानडाविरुद्ध जवाफी ब्याटिङ