खेल

नेपाल–क्यानडा एकदिवसीय सिरिज : कप्तान रोहितले एकै ओभरमा लिए दुई विकेट

फाइल तस्बिर

अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत जारी खेलमा नेपाली कप्तान रोहित पौडेलले एकै ओभरमा दुई विकेट लिँदै नेपाललाई तेस्रो र चौथो सफलता दिलाएका छन्।  

इनिङको ३२औं र व्यक्तिगत तेस्रो ओभर बलिङमा आएका पौडेलले दोस्रो बलमा पहिले ३८ रन बनाएका क्यानडाका ब्याटर प्रगत सिंहलाई सोमपाल कामीबाट क्याचआउट गराए भने पाँचौं बलमा २० रन बनाएर खेलिरहेका निकोलस किर्तोनलाई छक्याएर आसिफ शेखबाट स्टम्पिङ गराए।

इससँगै उत्कृष्ट सुरुवात गरेको क्यानडेली पारी केही दबाबमा आएको छ। यद्यपि अहिले क्यानडा ३४ ओभरको खेल सकिँदा चार विकेट गुमाएर १८८ रनको सुदृढ अवस्थामा छ।

प्रकाशित: २७ माघ २०८० १२:२६ शनिबार

अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज कप्तान रोहित तेस्रो र चौथो सफलता नेपाल बलिङ