खेल

क्यानडाले टस जित्यो, नेपालले पायो फिल्डिङको निम्तो

फाइल तस्बिर

नेपालले क्यानडाविरुद्ध जारी अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको दोस्रो खेलमा पहिले फिल्डिङ गर्ने भएको छ।

क्यानडाका कप्तान साद विन जाफर टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङको निम्तो पाएको हो।

निर्धारित खेल समयअनुसार बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ।

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनले रोमाञ्चक जित हासिल गरेको थियो।

प्रकाशित: २७ माघ २०८० ०९:२४ शनिबार

नेपाल र क्यानडा अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज दोस्रो खेल फिल्डिङ