खेल

नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल लयमा

नेपाल र क्यानडाबीच बिहीबार सुरु भएको पहिलो एक दिवसीय खेलमा नेपाललाई पहिलो झट्का लागेको छ। 

सुरुवाती ब्याट्सम्यान आशिफ शेख २४ बलमा ८ रन बनाएर आउट भएका छन्। कीर्तिपुर मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। दुई टिमबीच थप दुई वटा खेल हुनेछन्। शेखको स्थानमा रोहितकुमार पौडेलले ब्याटिङ गर्दै छन्।

अर्का सुरुवाती ब्याट्सम्यान कुशल भुर्तेलले ३८ बलमा ४३ रन बनाएर खेलिरहेका छन्। उनले एक छक्का र चार चौकासहित यो रन बनाउन सफल भएका हुन भने अर्का ब्याट्सम्यान पौडेलले पनि एक चौकासहित १२ बलमा ७ रन बनाएका छन्। 

नेपालले अहिलेसम्म १२.४ ओभरमा ६४ रन बनाएर एक विकेट गुमाएको हो। 

प्रकाशित: २५ माघ २०८० १०:२७ बिहीबार

कुशल भुर्तेल आशिफ शेख नेपाल र क्यानडा