खेल

गेटवे एकेडेमी तेस्रो

गेटवे एकेडेमी, बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) र विद्या विकास बुधबार प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा तेस्रो भएका छन्।

गेटवे सिनियर ब्वाइज, बिआइएस सिनियर गर्ल्स र विद्या विकास मिक्स जुनियरमा तेस्रो भए। काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा गेटवेले शिक्षालय नेपाललाई ५७–४३ ले पराजित गर्‍यो।

गेटवेका रोहन महतले १२ अंक जोडे। सिनियर गल्र्समा बिआइएसले शिक्षालयलाई २३–१२ ले हरायो।  विजयी टिमका लागि पलिस्था श्रेष्ठले ९ स्कोर गरिन्। मिक्स जुनियरमा विद्या विकासले अक्षरामाथि २८–१२ को जित दर्ता गर्‍यो। विद्या विकासका कुशल बुढाथोकीले ८ स्कोर गरे। फाइनल बिहीबार हुनेछ। तीनै विधामा भ्याली पब्लिक फाइनलमा पुगेको छ।  

प्रकाशित: २५ माघ २०८० ०७:१४ बिहीबार

गेटवे एकेडेमी तेस्रो आयोजक अक्षरा स्कुल