खेल

साफ यू–१९ महिला च्याम्पियनसिपः भारतसँगको खेल जित्नैपर्ने दबाबमा नेपाल

बङ्गलादेशको ढाकामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

शीर्ष दुईमा रहेर प्रतियोगिताको फाइनल खेल्न नेपालले आजको खेल जित्नै पर्ने हुन्छ। आजको खेलमा जित निकाले नेपाल फाइनल पुग्नेछ भने पराजित भए बाहिरिनेछ।

चार टोली सहभागि प्रतियोगितामा आयोजक बङ्गलादेश दुई खेलबाट ६ अङ्कसहित शीर्ष स्थानमा छ। नेपाल र भारतले भने समान दुई खेलबाट समान तीन अङ्क जोडेको छ। लगातार दुई खेलमा पराजित भएको भुटान भने अङ्कबिहीन हुँदै फाइनलको दौडबाट बाहिरिसकेको छ।

प्रकाशित: २३ माघ २०८० ०८:५५ मंगलबार

बङ्गलादेश ढाका साफ यू–१९ महिला च्याम्पियनसिप नेपाल भारत