खेल

कप्तान खनाल भन्छन्: नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आउथ्यो

फाइल तस्बिर

नेपाली यु १९ टिमका कप्तान देव खनालले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताएका छन्।

सोमवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताएका हुन्।

खनालले समग्रमा खेल राम्रो भएको बताए। उनले नयाँ नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताए। विश्वकप एउटा सपना हुने भन्दै उनले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताए।

उनले विश्वकपमा आकाश चन्द, सुवास भण्डारी र अर्जुन कुमालको प्रस्तुती समग्रमा राम्रो भएको र गुल्शन झाको प्रस्तुती भने बलिङमा राम्रो भएपनि ब्याटिङमा राम्रो हुन नसकेको बताए। उनले गुल्शन झा नेपालको लागि कस्तो खेलाडी हो? भन्नेकुरा सबैलाई थाहा भएको भन्दै सधैँ खेलाडीहरु राम्रो खेलि नै रहन्छन् भन्ने नहुने बताए। उनले विश्वकपमा राम्रो स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा भने नरमाइलो लागेको बताए।

उनले भने, ‘नयाँ नयाँ खेलमा नयाँ कुरा सिकिन्छ, त्यो कुराहरु सिक्दै गइरहेका छौँ। विश्वकप भनेको एउटा सपना हुने रहेछ। ब्याटिङमा अलि राम्रो भइदिएको भए यो भन्दा राम्रो गर्न सकिन्थ्यो। आकाश, सुवास, अर्जुनले राम्रो खेले। सधैँ राम्रो हुन्छ भन्ने हुँदै क्रिकेटमा। गुल्शनको राम्रो भएन। बलरमा राम्रो भयो उसको, ब्याटिङमा भएन । तर गुल्शन कस्तो खेलाडी हो भन्ने सबैलाई थाहा छ । कमब्याक पर्मानेन्ट कमब्याक जस्तो होस् बल्ल खुशी मिल्छ।’

दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भइ नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। 

प्रकाशित: २२ माघ २०८० १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App