खेल

एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप सेमिफाइनलमा

आयोजक द एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप शुक्रबार दशौं एक्सेल्सियर कपअन्तर्गत बास्केटकलको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले न्यु जेनिथलाई २६–७ ले पराजित गर्‍यो। एक्सेल्सियरको जितमा अकिना गुरुङले १२ अंक योगदान गरिन्।

रिहाना पाण्डेको ७ अंक सहयोगमा काष्ठमण्डपले ज्ञानोदय बालवाटिकालाई २४–३ ले हरायो। सिनियर ब्वाइजमा पुष्पसदनले एक्सेल्सियरलाई ४१–२७ तथा जेनिथले टिआइएलाई ५०–२७ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। पुष्पसदनका मनीष गुरुङले १३ तथा जेनिथका प्रज्वल बस्नेतले १८ स्कोर गरे। ब्वाइज÷गल्र्स दुवैका बाँकी क्वार्टरफाइनल शनिबार हुनेछन्।

त्यस्तै द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको तीनै उमेरसमूहको प्रतिस्पर्धामा क्वार्टरफाइनल समीकरण तयार भएको छ। यु–१२ मा किड्स लर्निङले मोर्डन इन्डियन, सेक्रेड हार्टले बृहस्पति विद्या सदन, रेडिअन्ट पब्लिकले रिब्स र द चाँदबागले एलआरआईविरुद्ध खेल्नेछन्।

यु–१३ मा न्यु एराले बृहस्पति, रेडिअन्ट पब्लिकले निसर्ग वाटिका, काष्ठमण्डपले सेक्रेड हार्ट र चाँदबागले निर्भानाको सामना गर्नेछन्। यु–१६ को क्वार्टरफाइनलमा निसर्ग वाटिका र एक्सेल्सियर ‘रातो’, संस्कृति र न्यु एरा, ग्रिनफिल्ड र चेल्सी वल्र्ड स्कुल तथा काष्ठमण्डप र एक्सेल्सियर ‘पहेंलो’ भिड्नेछन्।

प्रकाशित: २० माघ २०८० ०७:१७ शनिबार

काष्ठमण्डप बास्केटकलको सिनियर गल्र्स द एक्सेल्सियर स्कुल ‘नीलो’ दशौं एक्सेल्सियर कप