खेल

इन्डोर कभर्डहलको उद्घाटन

रिबन काटेर इन्डोर कभर्डहल उद्घाटन गर्दै। तस्बिर : नागरिक

भंगालस्थित भ्याली पब्लिक माविमा बहुउद्देश्यीय इन्डोर कभर्डहलको बिहीबार उद्घाटन गरिएको छ। भ्याली पब्लिकका सहसंस्थापक सक्रिय अधिकारीले एक कार्यक्रमबीच कभर्डहलको उद्घाटन गरेका हुन्।

सक्रियकै अग्रसरता र योजनामा कभर्डहल निर्माण गरिएको हो। करिब एक करोड २२ लाखको लागतमा कभर्डहल तयार भएको जनाइएको छ। कभर्डहलमा बास्केटबल, फुटसल, ब्याडमिन्टनलगायतका खेल खेल्न सकिने भ्याली पब्लिकका खेलकुद इन्चार्ज पूर्ण न्यौपानेले जनाएका छन्।

भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले बर्खामा पनि प्रतियोगिता सञ्चालन गर्न र विद्यार्थीलाई विभिन्न खेलमा प्रशिक्षण गराउन सहज होस् भन्ने उद्देश्यले इन्डोर कभर्डहल निर्माण गरिएको बताए।

उद्घाटन कार्यक्रममा भ्याली पब्लिककी सहसंस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन विभाग प्रमुख महेश अधिकारी, भद्रकाली स्कुलकी प्रिन्सिपल अनिता अधिकारीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १८ माघ २०८० ०६:०५ बिहीबार

बहुउद्देश्यीय इन्डोर कभर्डहल भ्याली पब्लिक मावि उद्घाटन ब्याडमिन्टन फुटसल बास्केटबल प्रतियोगिता