खेल

ज्ञानोदय र संस्कृति क्वार्टरफाइनलमा

ज्ञानोदय बालवाटिका र संस्कृति दशौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गर्ल्स बास्केटबलतर्फ बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा ज्ञानोदयले बोधीसत्वलाई १०–४ ले पराजित गर्‍यो।

ज्ञानोदयको जितमा रिस्ता टिजाले ४ अंक योगदान गरिन्। जुरी थपलियाको ३ अंक सहयोगमा संस्कृतिले द चाँदबागलाई १०–७ ले हरायो। सिनियर गर्ल्समै रिब्सले एक्सेल्सियरलाई ६–२ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो।

सिनियर ब्वाइजमा एनआइसी एकेडेमीले निसर्ग वाटिकालाई ३७–१७ ले पन्छाउँदै क्वार्टरफाइनल यात्रा तय गर्‍यो। सोही स्पर्धामा ज्ञानोदय बालवाटिकाले टिआइएलाई ४२–३१ तथा जेनिथले विस्डम एकेडेमीलाई ४१–४ ले पराजित गरे। ज्ञानोदयका दीपेश शाहीले २३ तथा जेनिथका अनिश गुरुङले १५ अंक जोडे।

फुटसलमा एक्सेल्सियर क्वार्टरफाइनलमा

द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१६ मा एक्सेल्सियर ‘रातो’ र ग्रिनफिल्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। समूह ‘डी’ को लिग खेलमा एक्सेल्सियर ‘रातो’ र ग्रिनफिल्डले १–१ गोलको बराबरी खेले।

यो नतिजासंगै एक्सेल्सियर ‘रातो’ उपविजेता र ग्रिनफिल्ड विजेताका हैसियतमा क्वार्टरफाइनलमा पुगे। निसर्ग वाटिकाले एक्सेल्सियर ‘नीलो’ लाई ४–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुग्यो।

यु–१२ मा सेक्रेड हार्टले काष्ठमण्डपलाई ४–०, किड्स लर्निङले रिब्सलाई २–० र न्यु एरालाई ३–० तथा रिब्सले न्यु एरालाई २–० गोलले पराजित गरे।

यु–१३ मा निसर्ग वाटिकाले एलआरआईलाई २–१ र एनआइसीलाई ३–२, एक्सेल्सियर ‘पहेंलो’ ले काष्ठमण्डपलाई १–०, काष्ठमण्डपले एनआइसीलाई २–०, एलआरआईले एनआइसीलाई १–० तथा न्यु एराले एक्सेल्सियर ‘रातो’ लाई २–० गोलले हराए ।

प्रकाशित: १८ माघ २०८० ०५:०७ बिहीबार

द एक्सेल्सियर कप क्वार्टरफाइनलमा प्रवेश