खेल

अक्षरिका अन्तिम आठमा

अक्षरिका प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भइरहेको प्रतियोगितामा अक्षरिकाले प्रीतिमालाई ३३–१२ ले पराजित ग¥यो।

विजयी टोलीका लागि रविन मगरले १२ स्कोर गरे। सिनियर ब्वाइजमै द ब्रिटिस स्कुलले गोल्डेन बडलाई २३–१९, विद्या विकासले ब्रह्मकुञ्जलाई ३६–१२ र गेटवे एकेडेमीले युरोलाई ४४–४१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे।

सिनियर गल्र्समा ब्रिटिसले विद्या विकासलाई २३–११, एमसिडिएसले गोल्डेन बडलाई १३–६ र बिआइएसले युरोलाई १४–७ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा पुगे।

प्रकाशित: १८ माघ २०८० ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App