खेल

नेपालका अर्जुन कुमाल पनि आउट

आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको तेस्रो विकेट झरेको छ।

तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भएका हुन्। नेपालले ८.३ ओभरमा ३ विकेट गुमाउँदा २९ रन जोडेको छ।

अघिल्लो ओभरमा आकास त्रिपाठी ३ रनमा आउट भएका थिए। पहिलो विकेटको रुपमा ‌ओपनर विपिन रावल २ रनमा  ३।५ ओभरमा आउट भएका थिए। 

प्रकाशित: १७ माघ २०८० ०९:०५ बुधबार

आइसीसी यू–१९ विश्वकप क्रिकेट अर्जुन कुमाल