खेल

विश्वकप छनोट : नेपाललाई पहिलो सफलता

काठमाडौं – जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपाल र स्कटल्यान्डबीच खेल भइरहेको छ। क्विन्स स्पार्टस क्लबको मैदानमा नेपालले दिएको १५० रनको विजयी लक्ष्य पछ्याइरहेको स्कटल्याण्डले पहिलो विकेट गुमाएको छ।

एमएच क्रसलाई सन्दिपको बलमा पारस खड्काले आउट गरेका हुन्। १३ ओभरको समाप्तीमा स्कटल्याण्डले १ विकेट गुमाएर ४९ बनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०७४ १२:०७ बिहीबार