खेल

स्कटल्याण्डविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौं – जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले १०० रन पूरा गरेको छ। कप्तान पारस खड्काको अर्धशतकमा २८ ओभरको खेलमा ६ विकेट गुमाएर नेपालले १०० रन पूरा गरेको हो।

खेलको २६ औ ओभरमा कप्तान खड्काले अर्धशतक पुरा गरेका छन्। आफ्नो व्यक्तिगत ६८ बलमा ८ चौकासहित उनले ५० रन बनाए। 

प्रकाशित: २४ फाल्गुन २०७४ ०९:३० बिहीबार