खेल

क्रिसमस र नयाँ वर्षको बीचमा खेल

रोम – इटालियन फुटबलमा अर्को सिजनदेखि नयाँ सिजन सुरु हुनुअघि नै सरुवा बजार बन्द हुने तथा क्रिसमस र नयाँ वर्षको बीचमा थप दुई खेल गराउने निर्णय भएको इटालियन फुटबल प्रमुख जियोभानी मालागोले सोमबार बताएका छन्।

अगस्ट १९ बाट आगामी २०१८–२०१९ सिजन सुरु हुने इटालीमा त्यसको अघिल्लो दिन राति सरुवा बजार बन्द गर्ने निर्णय भएको छ । यसै गरी शीर्ष डिभिजनको फुटबल सिरी ‘ए’ मा क्रिसमस बिदादौरान डिसेम्बर २२, २६ र ३० मा गरी तीन चरणका खेल हुनेछन्।

बक्सिङ डे फुटबल यसअघि इङ्ल्यान्डको सम्पत्तिजस्तै थियो । जसका कारण प्रिमियर लिगले विश्वव्यापी रूपमा टेलिभिजन अधिकार बेच्दा ठूलो रकम आर्जन गर्ने गथ्र्यो । तर यसपालि क्रिसमस बिदाको बेलामा इटालियन फुटबल पनि उत्तिकै सक्रिय हुने भएको छ ।
मालागो इटालियन ओलम्पिक कमिटीका अध्यक्ष हुन् । हाल उनैले प्रमुखका रूपमा इटालीको शीर्ष डिभिजनको लिगका साथै अन्तर्राष्ट्रिय फुटबल सञ्चालन गरिरहेका छन्।
 

प्रकाशित: २३ फाल्गुन २०७४ ०४:०३ बुधबार

क्रिसमस वर्षको बीचमा खेल