खेल

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी र बागमती तथा एपिएफ क्लब र गण्डकीबीच खेल जारी

फाइल तस्बिर : नागरिक

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइरहेका छन्। लुम्बिनी प्रदेश र बागमती प्रदेशबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको छ।

अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र गण्डकी प्रदेशबीच भइरहेको छ। लुम्बिनी र एपिएफ क्लबले आआफ्नो खेलमा ब्याटिङ गरिरहेका छन्।

दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी अङ्क तालिकाको नवौँ स्थानमा छ। लुम्बिनीले हालसम्म खेलेका पाँच खेलमध्ये एउटामा विजयी हुँदै दुई अङ्क जोडेको छ।

यस्तै बागमती अङ्क तालिकाको दोस्रो स्थानमा छ। बागमतीले हालसम्म आठ खेलमा पाँचमा जित हासिल गर्दै १० अङ्क जोडेको छ।

यस्तै एपिएफ क्लब अङ्क तालिकाको छैटौँ स्थानमा छ। एपिएफले ६ खेलमा तीनमा विजयी हुँदै ६ अङ्क बनाएको छ। गण्डकी हालसम्म खेलेका ६ खेलमध्ये दुईमा जित हासिल गर्दै चार अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा छ। –रासस

प्रकाशित: १३ माघ २०८० ०४:४४ शनिबार

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता एपिएफ क्लब र गण्डकी प्रदेश लुम्बिनी प्रदेश र बागमती प्रदेश