खेल

अफगानिस्तानी पारी धरासायी, पहिलो स्पेलमै आकाश चन्दले लिए पाँच विकेट

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानको पारी नेपाली बलर आकाश चन्दसामू धरासायी बनेको छ। आकाशले आफ्नो पहिलो स्पेलमै ७ ओभर बलिङ गरेर पाँच विकेट लिएका छन्।

इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तान आकाश बलिङसामू निरीह हुँदै १४ ओभरमा ६ विकेट गुमाएर ६२ रनको स्थितीमा छ ।

आकाशले इनिङको दोस्रो ओभरमा खालिद तनिवाललाई शुन्य, छैठौं ओभरमा जमसिद जदरानलाई तीन रन, आठौं ओभरमा सोहिल खान जुर्मतीलाई चार रन, १० औं ओभरमा अलि अहमदलाई शून्य र १२ औं ओभरमा हशन एसखिललाई २० रनमा आउट गरेका छन्।  

बाँकी एक विकेट गुल्सन झाले लिएका छन्।

प्रकाशित: १२ माघ २०८० ०९:२८ शुक्रबार

आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट आकाश चन्द