खेल

यू–१९ विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध आकाश चन्दको घातक बलिङ

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत आज नेपालले अफगानिस्तानको सामना गरिरहेको छ। इस्ट लन्डनको बफेलो पार्कमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानको सुरुवाती पारी धर्मराएको छ।

हालसम्म १० ओभरको खेल सुरू हुँदा अफगानिस्तान ५ विकेट गुमाएर ३४ रनको अवस्थामा छ। नेपालका तर्फबाट आकाश चन्द र गुल्सन झाले घातक बलिङ गरिरहेका छन्। आकाशले हालसम्म ४ विकेट लिइसकेका छन् भने एक विकेट गुल्सनले एक विकेट लिएका छन्।

गुल्सनले पहिलो ओभरको चौथौ बलमै व्यक्तिगत रन जोड्न नसकेका नुमन शाहको विकेट लिएका थिए। त्यसपछि आकाशले दोस्रो ओभरमा खालिद तनिवाल ९००, छैठौं ओभरमा जमसिद जदरान (३), आठौं ओभरमा सोहिल खान  जुर्मती (४) र १० औ ओभरको पहिलो बलमा अलि अहमदको विकेट लिएका छन्।

प्रकाशित: १२ माघ २०८० ०८:५९ शुक्रबार

यू–१९ विश्वकप क्रिकेटः