खेल

अफगानिस्ताविरुद्ध नेपाललाई लगातार दोस्रो सफलता

यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध लगातार दोस्रो सफलता हासिल गरेको छ।

दक्षिण अफ्रिकाको बुफेलो पार्क इन्ट लन्डनमा टस हारेर पहिले फिल्डिङ्ग गर्ने मौका पाएको नेपालले २ ओभरको खेल सकिँदा अफगानिस्तानको २ विकेट आउट गरेको छ।

नेपालका लागि गुलशन झा र आकाश चन्दले एक एक विकेट लिएका हुन्। गुलशन झाको बलममा दिपक डुम्रेले नुमन शाहलाई आउट गरेका छन् भने आकाश चन्दको बलमा विपिन रावलले खालिद तनिवाललाई आउट गरेका हुन्।

अफगानिस्तानले हालसम्म २ ओभरको खेल सकिँदा ३ रन मात्रै बनाउन सकेको छ।

प्रकाशित: १२ माघ २०८० ०८:१७ शुक्रबार

यू–१९ विश्वकप क्रिकेट नेपाल अफगानिस्तान दोस्रो सफलता