खेल

जिम्बाव्बेविरुद्ध शरद भेष्वाकरको अर्धशतक

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट छनोटमा नेपालका शरद भेष्वाकरले अर्धशतक प्रहार गरेका छन्। ४८ बल खेलेका उनले ५२ रन बनाए। शरदले ६ चौका र १ छक्का प्रहार गरेका छन्।  

३७ औं ओभरको समाप्तीमा सिकन्दर राजाले शरदलाई आउट गरे। उनले आरिफ शेखसँग लामो साझेदारी गर्दै क्रिजमा टिकेर खेलेका थिए।

यसअघि ज्ञानेन्द्र मल्ल ३२, कप्तान पारस खड्काले ४० रन, दिपेन्द्र सिंह ऐरी २३ र दिलिप नाथले २ रन बनाएका छन्। 

प्रकाशित: २० फाल्गुन २०७४ १४:०५ आइतबार

जिम्बाव्बेविरुद्ध शरद भेष्वाकरको अर्धशतक