खेल

यू-१९ विश्वकप क्रिकेटः दोस्रो ओभरको खेल सकिँदा नेपालको १६ रन

अन्डर-१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दोस्रो ओभरको खेल सकिँदा १६ रन बनाएको छ।

दक्षिण अफ्रिकाको बुफेलो पार्कमा जारी पाकिस्तानविरुद्धको खेलमा नेपालले विना कुनै विकेटको क्षतिमा १६ रन बनाएर ब्याटिङ्ग गरिरहेको छ।

अहिले मैदानमा नेपालको तर्फबाट विपिन रावल १० र अर्जुन कुमाल २ रन बनाएर खेलिरहेका छन्।

आजको खेलमा नेपाल देव खनालको कप्तानीमा मैदान उत्रेको छ। जसमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तमरंगु थापा मगर, विपिन रावल (विकेटकिपर) र आकाश चन्द रहेका छन्।

प्रकाशित: १० माघ २०८० ०८:१४ बुधबार

अर्जुन कुमाल अन्डर-१९ विश्वकप क्रिकेट नेपाल दोस्रो ओभर