खेल

विश्वकप छनोट क्रिकेट : टस हारेर नेपाल फिल्डिङ गर्दै

काठमाडौं – आइसिसी विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बाव्बबेसँग भिड्दै छ।

जिम्बाबेको क्विन्स स्पोर्टस क्लबमा सुरु हुँन लागेको खेलमा जिम्बाव्बेले टस जितेर ब्याटिङ रोजेको छ। अब नेपाल अबको केही समयपछि फिल्डिङका लागि मैदानमा उत्रदैछ। पहिलो खेलमै टेस्ट टोलीविरुद्ध उसैको घरेलु मैदानमा खेल्नुपर्ने भएकाले नेपाललाई अाज कुनै गल्ती गर्ने छुट हुँनेछैन।

१९९२ जुलाईमा टेस्ट मान्यता पाएको जिम्बाब्वे २००५ देखि २०११ को बीचमा बाहेक लगातार टेस्ट क्रिकेट खेलिरहेको छ  टेस्ट राष्ट्रको वरीयतामा पुछारमा रहेपछि विश्वकप छनोट प्रतियोगिता खेल्नुपरेको जिम्बाब्वेले घरेलु मैदान र समर्थकको फाइदा उठाउन सक्छ।
समूह ‘बी’ मा रहेको नेपालले यसपालि अफगानिस्तान र जिम्बाब्वेविरुद्ध पनि प्रतिस्पर्धा गर्नुपर्नेछ । समूह ‘ए’ मा आयरल्यान्ड, नेदरल्यान्ड, पपुवा न्युगिनी, युएई र वेस्ट इन्डिज छन्।

दुवै समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुईले २०१९ मा वेल्स र इङल्यान्डमा हुने विश्वकपपमा स्थान बनाउनेछन् । नेदरल्यान्डबाहेक शीर्ष तीन एसोसिएट राष्ट्रले एकदिवसीय क्रिकेटको मान्यता पाउनेछ । तथापि नेपालका प्रशिक्षक जगत टमाटा जिम्बाब्वेमा आफ्नो टोलीको मुख्य पहिलो लक्ष्य सुपरसिक्स रहेको बताए।
 

प्रकाशित: २० फाल्गुन २०७४ ०७:२५ आइतबार

विश्वकप छनोट क्रिकेट टस हारेर नेपाल फिल्डिङ गर्दै