खेल

मेयर कप प्रारम्भ

मकवानपुर – मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–७ लाई १ का विरुद्ध २ गोल गर्दै हेटौंडा १ को पाथीभरा फुटबल टिम विजयी भएको छ।

दोस्रो संस्करणसम्म हेटौंडा नगर कप फुटबलका नाममा सञ्चालित वडास्तरीय फुटबल प्रतियोगिता यस वर्षबाट मेयर कप फुटबलको नाममा सञ्चालन भएको हो।

हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार १० नम्बर र १५ नम्बर वडाबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल ३ नम्बर र १८ नम्बर वडाबीच हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको शनिबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गरेका थिए ।  उपाधि जित्ने वडाले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । फागुन २९ गतेसम्म हुने प्रतियोगितामा हेटौंडा उपनगरपालिकाका १९ वडाका १९ टिम सहभागी  छन्।

त्यस्तै, हेटौंडामै सुशील कोइराला मेमोरियल फरेस्ट्री इन्टरटेक्निकल फुटबल प्रतियोगिताको पहिलो संस्करण भइरहेको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको विजेता टिमले १ लाख र उपविजेताले ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक मनोज बुर्लाकोटीले बताए।

नकआउट आधारमा खेलाइएको प्रतियोगितामा प्राविधिक शिक्षा दिने ९ कलेज सहभागी छन् । फागुन २३ गतेसम्म चल्ने प्रतियोगिता नेपाल विद्यार्थी संघ, कृषि तथा वन विश्वविद्यालय, वन संकाय हेटौंडाले आयोजना गरेका हुन्।

प्रकाशित: २० फाल्गुन २०७४ ०४:२१ आइतबार

मेयर कप प्रारम्भ