खेल

एन्फाद्वारा लेखा परीक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ। ललितपुरको सानेपामा भएको साधारण सभाले लेखा परीक्षक नियुक्त गरेको हो।

 साधारण सभाले लेखा परीक्षक वर्ष २०७९/०८० का लागि एलएसबी एसोसिएट र २०८०/०८१ का लागि एएनएस एसोसिएटलाई नियुक्त गर्ने निर्णय पारित गर्‍यो। साधारणसभाअघि बसेको एन्फाको आपत्कालीन बैठकले थप दुई निर्णय पनि गर्‍यो।

एन्फाका प्रवक्ता सुरेश शाहले विशेष साधारण सभाका लागि अनुमानित ४३ लाख ३० हजार २ सय रूपैयाँको बजेट पनि बैठकले पास गरेको जानकारी दिए। गत कात्तिक २३ गते मात्र एन्फाको विशेष साधारण सभा भएको थियो।

साधारणसभाले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङविरुद्ध अविश्वासको प्रस्ताव अस्वीकृत गरेको थियो। एन्फाले सहायक महासचिव वसन्त अर्यालको जिम्मेवारी परिवर्तन गर्दै सो पदमा विजय घलेलाई जिम्मेवारी दिएको छ।

प्रकाशित: ९ माघ २०८० ०२:१९ मंगलबार

एन्फाद्वारा लेखा परीक्षक नियुक्त साधारण सभा सोमबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)