खेल

सातौं ओप्स खेलकुद: हाइजम्पमा दीपेन्द्र र सुनिशालाई स्वर्ण

लालीगुराँस नेसनल एकेडेमीका दीपेन्द्र गिरी र हिमरश्मिकी सुनिशा मिश्रले सातौं ओप्स खेलकुद महोत्सव अन्तर्गत एथलेटिक्सको हाइजम्पमा स्वर्ण पदक जितेका छन्।दीपेन्द्र ब्वाइज तथा सुनिशा गल्र्समा पहिलो भएका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा दीपेन्द्रले १.४५ मिटर जम्प गरे। हिमरश्मिका आदर्श थिङ र फेरिल्यान्डका मदन गडाइली संयुक्त रुपमा दोश्रो भए। सुनिशाले १.२१ मिटर जम्प गरिन्।कौशलकी सेमिनु तमाङ दोश्रो तथा फेरिल्यान्डकी कृतिका कटुवाल तेश्रो बने।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)द्वारा आयोजित प्रतियोगिताको ब्वाइज १ सय मिटर दौडमा लालीगुराँसका सुदिप पाण्डे पहिलो भए । उनले १२.७२ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । एन्जल्स हार्टका हिमसागर पुन मगर दोश्रो तथा हिमरश्मिका नवीन महत तेश्रो स्थानमा रहे । उक्त स्पर्धाको गल्र्समा हिमरश्मिकी युनिशा पाठकले निर्धारित दूरी १५.५१ सेकेन्डमा पूरा गरी स्वर्ण जितिन्।कौशलकी सेमिनु तामाङले रजत तथा श्रृजना ज्ञान सागरकी ग्रिष्मा देवकोटाले कांस्य जिते।

ब्वाइज ८ सय मिटर दौड २ मिनेट २४.३ सेकेन्डमा सकाएका लालीगुराँसका सुवास रावत शीर्ष स्थानमा रहे। विभूतिका अंकित श्रेष्ठ तथा न्यु एराका पेम्बा तामाङ क्रमशः दोश्रो र तेश्रो भए।सो स्पर्धाको गल्र्समा लालीगुराँसकै रोशिका गोथेले स्वर्ण चुमिन् । रोशिकाले निर्धारित दूरी तय गर्न ३ मिनेट ०२.९ सेकेन्ड समय खर्चिन्। श्रृजना ज्ञान सागरकी अनुषा अम्गाईंले रजत तथा कौशलकी सुजश्री विष्टले कांस्य हात पारे।

लङजम्पको ब्वाइजमा श्रृजना ज्ञान सागरका रविन तामाङ पहिलो भए। उनले ५.६० मिटर हाम्फाले । एन्जल्स हार्टका हिमसागर पुन दोश्रो तथा कौशलका सलिन बानियाँ तेश्रो भए। सोही स्पर्धाको गल्र्समा हिमरश्मिकी ममता बराल पहिलो भइन्।ममताले ३.९३ मिटर जम्प गरिन् । ज्ञान मन्दिरकी रन्जिता अम्गाईं दोश्रो तथा फेरिल्यान्डकी अपेक्षा ढुंगाना तेश्रो बने। ब्वाइज सटपुटमा न्युटनका विशाल बरालले स्वर्ण जिते।उनले १०.४२ मिटर टाढा फाले। हिमरश्मिका ओमन घले दोश्रो तथा पुष्पकुञ्जका कस्मिर ओली तेश्रो स्थानमा रहे।

रिलेको ४ गुणा ४ सय मिटरतर्फ ब्वाइज/ल्र्स दुवैमा लालीगुराँसको टोलीले शीर्ष स्थान कब्जा गर्‍यो।ब्वाइजमा कौशल दोश्रो तथा हिमरश्मि तेश्रो भए । गल्र्समा हिमरश्मि दोश्रो तथा कौशल तेश्रो बने।

प्रकाशित: ७ माघ २०८० १४:५१ आइतबार

सातौं ओप्स खेलकुद: हाइजम्पमा दीपेन्द्र र सुनिशालाई स्वर्ण