खेल

दोस्रो अभ्यास खेलमा नेपाल हङकङसँग भिड्दै

जिम्बाव्बे – विश्वकप छनोट प्रतियोगिता खेल्न जिम्बाव्बेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार (आज) दोस्रो अभ्यास खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराएको नेपाल आज उच्च मनोवलका साथ मैदान उत्रदैछ।
विश्व कप क्रिकेटको छनोट खेल यहि फागुन २० गतेबाट सुरु हुँदैछ। प्रतियोगिताको समूह बीमा रहेको नेपालले जिम्बाव्बे,अफगानस्तान, स्कटल्याण्ड र हङकङसंग प्रतिस्पर्धा गर्नेछ।

नेपालले आफ्नो पहिलो खेलमा फागुन २० गते बलियो टोली आयोजक जिम्बाव्बेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। त्यस्तै नेपालले दोस्रो खेलमा फागुन २४ गते स्कटल्याण्ड, तेस्रो खेलमा फागुन २६ गते अफगानस्तान र अन्तिम खेलमा फागुन २८ गते हङकङसँग खेल्नेछ।

प्रतियोगिताको समूह एमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन्। दुवै समूहका शिर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् भने समूहको पुछारमा रहने २ टीम डिभिजन २ मा झर्नेछन्। डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०४:१९ बिहीबार

दोस्रो अभ्यास खेलमा नेपाल हङकङसँग भिड्दै