खेल

एन्फालाई जापान सरकारको सहयोग

काठमाडौं – जापान सरकारले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानको भौतिक पूर्वाधार निर्माणका लागि ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। 

जापानी दूतावासद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फाका महासचिव धीरेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुट्स प्रोजेक्टअन्तर्गतबाट नेपाललाई अनुदान स्वरुप सो रकम दिन लागेको हो। 

एन्फा महासचिव प्रधानले उक्त रकमबाट एन्फा कम्प्लेक्समा रहेको मैदानमा दर्शकका लागि शौचालय, निर्माण, चेन्जिङ रुमको स्तर उन्नति र टेक्निकल डाइरेक्टरका लागि कार्यालय निर्माण गर्ने योजना रहेको बताए। 

फुटबलका मुख्य प्रशिक्षक कोजीको कार्यकाल थप 

त्यस्तै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातोकु कोजीको एक वर्षका लागि कार्यकाल थप गरेको एन्फाले जनाएको छ। सन् २०१६ मार्चदेखि मुख्य प्रशिक्षकका रुपमा रहनुभएका कोजीको आगामी महिनामा म्याद सकिँदै थियो। 

प्रकाशित: १६ फाल्गुन २०७४ ११:५४ बुधबार

एन्फालाई जापान सरकारको