खेल

नेपाल र युएईको खेल सुरु (फाेटाे फिचर)

जिम्बाव्बे – विश्व कप क्रिकेटको छनोट हुनुअघिको अभ्यास खेलमा नेपाल र युएईबीचको जारी छ।

जिम्बाव्बेमा सुरु भएको प्रतियोगितामा टस जितेर युएईले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल अहिले फिल्डिङ गर्दै छ।  वर्षा बाधक बनेपछि खेल २९ ओभरमा छोट्याइएको छ। नेपाली समयअनुसार दिउँसो सवा १ बजेबाट सुरु हुने पर्ने भएतापनि खेल हुनुपूर्व वर्षा भएपछि खेल ढिला गरि सुरु भएको हो।

जारी खेलको दोस्रो ओभरमा युएईले पहिलो विकेट गुमाएको छ। नेपालका लागि ललित भण्डारी विकेट लिएका छन्। ताजा अवस्थामा युएईले ८ ओभरमा १ विकेटको क्षतिमा ४१ रन बनाएको छ।

नामिबियामा यहि फागुन ३ गते सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा दोस्रो स्थान हासिल गर्दै नेपाल र पहिलो स्थान हासिल गर्दै युएई एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएन सफल भएका थिए।

नेपाल र युएईले २ साताको फरकमा तेस्रो पटक खेल्न लागेका हुन्। डिभिजन २ कोे समूह चरणमा खेलमा युएईलाई ६ विकेटले पराजित गरेको नेपाल फाइनलमा भने ७ रनले हारेको थियो।

विश्व कप क्रिकेटको छनोट खेल यहि फागुन २० गतेबाट सुरु हुँदैछ। प्रतियोगिताको समूह बीमा रहेको नेपालले जिम्बाव्बे,अफगानस्तान, स्कटल्याण्ड र हङकङसंग प्रतिस्पर्धा गर्नेछ।

नेपालले आफ्नो पहिलो खेलमा फागुन २० गते बलियो टोली आयोजक जिम्बाव्बेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। त्यस्तै नेपालले दोस्रो खेलमा फागुन २४ गते स्कटल्याण्ड, तेस्रो खेलमा फागुन २६ गते अफगानस्तान र अन्तिम खेलमा फागुन २८ गते हङकङसँग खेल्नेछ।

प्रतियोगिताको समूह एमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन्। दुवै समूहका शिर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् भने समूहको पुछारमा रहने २ टीम डिभिजन २ मा झर्नेछन्। डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ।
नेपालले दोस्रो अभ्यास खेलमा यही बिहीबार हङकङसँग खेल्नेछ।

तस्बिर सबै रमन सिवाकाेटी

 

 

नेपाल युएईको खेल सुरु फाेटाे फिचर