खेल

प्रम कप एकदिवसीय क्रिकेट : बागमती विजयी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै विजयी भएको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले आर्मीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो।

जितका लागि ९८ रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले २२ दशमलव १ ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो। बागमतीको जितमा अशोक पौडेलले ३० बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए। प्रतिश जिसी २४ बलमा १ चौका र १ छक्कासहित २१ रनमा नट आउट रहे। ईशान पाण्डे १२, रविन जोशीले १२, प्रतीक श्रेष्ठ ७, रित गौतमले ४ तथा ओपनर आशुतोष घिरैयाले २ रन बनाए।

आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने जीतेन्द्र मुखिया र साहब आलमले समान २र२ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा समेटियो। आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए। भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए भने विवेक यादवले ११ रन जोडे।

बागमतीका सूर्य तामाङले ५ विकेट लिए भने प्रतिश जिसीले र रिजन ढकालले समान दुईरदुई विकेट लिएका थिए। त्यस्तै, कृर्जन गुरुङले एक विकेट लिए।  

प्रकाशित: ३ माघ २०८० १६:१० बुधबार

प्रम कप एकदिवसीय क्रिकेट