खेल

हिमालयन हन्ड्सको जित

काठमाडौं – सदीश प्रधानले सबैभन्दा धेरै २५ स्कोर गरेपछि शनिबार त्रिभुवन आर्मी क्लबले प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिकालाई ८९–७६ को स्कोरमा पराजित गरेको छ।

प्रतियोगितामा लगातार चौथो जित निकाल्ने क्रममा आर्मीले बुढानिलकन्ठविरुद्ध पहिलो क्वार्टरमा २४–२१, दोस्रो क्वार्टरमा २१–१३, तेस्रो क्वार्टरमा २३–२८ र चौथो क्वार्टरमा २१–१४ को स्कोर बटुलेको थियो। लगातार चौथो जितसँगै आर्मीले १२ अंक जोडेको छ।

शनिबारै हिमालयन हन्ड्सले गोल्डेन गेटलाई ७८–७३ को स्कोरमा हरायो। गोल्डेन गेटको कोर्टमा भएको खेलमा हिमालयन हन्ड्सले पहिलो क्वार्टरमा १९–१५ स्कोर गरेको थियो। हिमालयनले दोस्रो १२–२३, तेस्रो, २४–२१ तथा चौथो क्वार्टरमा २३–१४ स्कोर गरेको थियो। हिमालयनका सौरभ श्रेष्ठले सर्वाधिक ३४ स्कोर गरे। विजयी हिमालयनले ४ खेलबाट ६ अंक जोडेको छ। प्रतियोगितामा आइतबार साउथ साइडरले बुढानिलकण्ठ नगरपालिकासँग खेल्नेछ।

प्रकाशित: १३ फाल्गुन २०७४ ०३:४९ आइतबार

हिमालयन हन्ड्सको जित