काठमाडौं – कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ। शुक्रबार घरेलु कोर्टमा कीर्तिपुरले जेभियर इन्टरनेसनल कलेजलाई ६४–५७ को स्कोरले पराजित गरेको हो।
पहिलो क्वार्टरमा १७–११ को अग्रता लिएको कीर्तिपुर दोस्रो क्वार्टरमा १६–२० ले पछि प¥यो। तेस्रो क्वार्टर १८–८ पक्षमा पारेको कीर्तिपुर अन्तिम क्वार्टरमा फेरी १३–१८ ले पछि प¥यो। कीर्तिपुरको जितमा सुमंग बोगटीले सर्वाधिक १८ स्कोर गरे।
लगातार तेस्रो जित हासिल गरेको कीर्तिपुरले ९ अंक जोड्दा खेलेका दुवै खेलमा पराजित जेभियर अंकविहिन छ। प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लबले बुढानिलकण्ठ नगरपालिका तथा गोल्डेनगेटले हिमालयन हन्ड्सको सामना गर्नेछ।
प्रकाशित: १२ फाल्गुन २०७४ ०३:३९ शनिबार