खेल

सरकारले आज नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्ने

काठमाडौं – सरकारले शुक्रबार (आज) विश्व क्रिकेट लिग डिभिजन २ मा छनोट हुदै उपविजेता बन्न सफल नेपाली क्रिकेट टोलीका सदस्यलाई नगदसहित सम्मान गर्ने भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे आफ्नै निवास बालुवाटारमा क्रिकेट टोलीलाई सम्मान गर्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

गएकाे साेमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै नामिबियामा हालै सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई सरकारले जनही ३ लाखसहित सम्मान गर्ने घोषणा गरेका थिए। साेही रकम अाज हस्तान्तरण हुदैछ।

सोही कार्यक्रममा यहि फागुन २० बाट जिम्बावेमा आयोजना हुने विश्वकप छनोट क्रिकेट खेल्न जाने नेपाली टीमलाई बिदाई गर्ने कार्यक्रम पनि रहेको छ। शनिबार नेपाली खेलाडी वर्ल्डकप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन्।

प्रकाशित: ११ फाल्गुन २०७४ ०६:१८ शुक्रबार

सरकारले नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्ने