खेल

प्रधानमन्त्री कप क्रिकेटः मधेशलाई आर्मीको ३२१ रनको लक्ष्य

तस्बिरः नेपाल क्रिकेट संघ

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई जितका लागि तीन सय २१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय २० रनको योगफल बनायो।

आर्मीका विनोद भण्डारीले ९३ बलमा नौ चौका र छ छक्कासहित एक सय १३ रनको शतकीय इनिङ खेले।

मधेशविरुद्ध शतकीय पारी खेलेपछि भण्डारी। तस्बिरः क्यान।

यसैगरी सन्तोष कार्कीले ४२, कुशल मल्ल र विवेक यादवले समान ३७, इम्रान शेखले २६, भीम सार्कीले १८ तथा  बसिर अहमदले १६ रन बनाए। पाँचौँ विकेटका लागि विनोद र कुशलले एक सय ३२ तथा पहिलो विकेटका लागि सन्तोष र इम्रानले ५३ रनको साझेदारी गरेका थिए।

मधेसका लागि रञ्जित कुमारले पाँच विकेट लिए भने  विशाल पटेलले दुई तथा राजेश यादव र रुपेश सिंहले समान एक–एक विकेट लिए।

प्रकाशित: १ माघ २०८० ०८:२२ सोमबार

प्रधानमन्त्री कप त्रिभुवन आर्मी क्लब मधेस प्रदेश कीर्तिपुर त्रिभुवन विश्वविद्यालय