खेल

श्रीयालाई करातेमा स्वर्ण

काठमाडौं – आयोजक लिटिल एन्जल्स स्कुल (एलए) की श्रीया लामाले दोस्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिताको ग्रल्स २० केजीमा बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा श्रीयाले आफ्नै स्कुलकी जीविका भण्डारीलाई हराइन्।

गल्र्स २५ केजीमा हेभेनकी दीप्ति पराजुलीले नारायन्जनकी सजिना मगर, ३० केजीमा बेसिक एकेडेमीकी दीपा राईले नारायन्जनकी सरिसा तामाङ तथा एकल कातामा नारायन्जनकी सन्जु देसारले एलएकी सीमा खड्कालाई फाइनलमा हराउँदै पहिलो स्थान हात पारे।

ब्वाइज २० केजीमा आइजे पायोनियरका सम्राट न्यौपानेले एलएका ओम खत्री, २५ केजीमा बाल अंकुरका सुमित पाख्रिनले लुभुका सीताराम थापा, ३० केजीमा एम्सका निसान तामाङले बेसिकका रजिन्द्र राई, ३५ केजीमा नारायन्जनका मनीष कार्कीले आइजे पायोनियरका अनिल सुन्दासलाई हराउँदै स्वर्ण जिते।

प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सो अवसरमा फेब्रुअरी १६ र १७ तारिखमा जर्मनीको बर्लिनमा भएको बर्लिन ओपन इन्टरनेसनल कराते प्रतियोगिताका स्वर्ण विजेता मल्लिका थापा, अनु अधिकारी र मुकुन्द्र महर्जन तथा कांस्य विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मान गरिएको थियो । कुमुते र कातामा डब्लुकेएफ जज ‘बी’ मा उत्तीर्ण हुन सफल प्रकाशमोहन धौभडेल पनि सम्मानित भए।
 

प्रकाशित: ११ फाल्गुन २०७४ ०४:१० शुक्रबार

श्रीयालाई करातेमा स्वर्ण