खेल

म्यानचेस्टर युनाईटेड सेभियासँग बराबरीमा रोकियो, शख्तरको संघर्षपूर्ण जित

स्पेन – च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभिया र इङलिस क्लब म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएका छन्।
प्रतियोगिताअन्तर्गत बुधबार राति सेभियाको मैदानमा भएको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन्।

खेलमा युनाइटेडका गोलकिपर डेविड डि जियाले उत्कृष्ट प्रदर्शन गर्दै सेभियाको पटक पटकको प्रहारलाई उत्कृष्ट बचावट गरेका थिए। खेलमा ४३ प्रतिशतमात्र बल पोजिसन आफ्नो पक्षमा राखेको युनाइटेडले पाएका केहि अवसरलाई सदुपयोग गर्न सकेन। यो बराबरीले युनाइटेडलाई केहि राहत मिलेको छ। दोस्रो लेग मार्च १४ मा युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा हुनेछ। युनाइटेडले दोस्रो लेगमा घरेलु मैदानको फाइदा लिन सके अघिल्लो चरणमा स्थान बनाउने छ ।

त्यस्तै रातिनै अर्को खेलमा युक्रेनको शख्तर डोनेक्ट्सले ईटालीयन क्लब एएस रोमालाई २–१ ले पराजित गर्न सफल भएको छ।
शख्तरको घरेलु मैदानमा सम्पन्न खेलको ४१ औ मिनेटमा सेन्जिज अण्डरले गोल रोमालाई अग्रता दिलाएका थिए। तर त्यो अग्रतालाई उल्ट्याउदै  शख्तरले दोस्रो हाफमा २ गोल गर्यो। शख्तरका लागि ५२ औं मिनेटमा फाकुन्डो फरेरा र ७१ औं मिनेटमा फ्रेडले गोल गरे।

जितसँगै शख्तरको अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो भएको छ । यी दुईटोलीबीचको दोस्रो लेग अब मार्च १४ मा रोमाको मैदानमा हुने हुनेछ।

 

प्रकाशित: १० फाल्गुन २०७४ ०५:०४ बिहीबार

म्यानचेस्टर युनाईटेड सेभियासँग बराबरीमा रोकियो शख्तरको संघर्षपूर्ण जित