खेल

कीर्तिपुर विजयी

काठमाडौं – राजधानीमा जारी प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा बुधबार भएको खेलमा बुढानिलकण्ठ घरेलु कोर्टमा कीर्तिपुर बास्केटबल टिमसँग पराजित भएको छ।

गोल्फुटारस्थित बुढानिलकण्ठको कोर्टमा सम्पन्न खेलमा कीर्तिपुरले बुढानीलकण्ठलाई ७५–६७ को स्कोरले पराजित गरेको हो।१९–१५ को स्कोरबाट विजयी सुरुआत गरेको कीर्तिपुरले दोस्रो क्र्वाटर २१–१६ ले जितेको थियो । लगातारका जित निकाल्न सफल कीर्तिपुरले तेस्रो क्वार्टर १८–१२ ले जित्दा अन्तिम क्वार्टर भने १७–२४ को स्कोरले  सुम्पियो । अन्तिम क्वार्टरमा पुनरागमन गरे पनि समग्रमा ७५–६७ ले घरेलु टोली  बुढानिलकण्ठ स्तब्ध बन्यो । खेलमा टिम बुढानिलकण्ठका अनिल खड्गीले सर्वाधिक २१  स्कोर गरे ।

बुधबारै सम्पन्न अर्को खेलमा त्रिभुवन आर्मी क्लबले घरेलु टोली साउथ राइडर्सलाई ८६–६८ को स्कोरले पराजित गर्यो । पहिलो र दोस्रो क्वार्टरमा १८–१२ र २४–११ को जित निकालेको आर्मीले तेस्रो क्वार्टर २२–२५ ले गुमायो । अन्तिम क्वार्टरमा फेरि आर्मीले २२–२० ले नतिजा आफ्नो पक्षमा पा¥यो । समग्रमा ८६–६८ को नजिता निकाल्दै आर्मी विजयी बन्यो । विजयी आर्मीले प्रतियोगितामा लगातार तेस्रो जितसमेत दर्ता गरायो।

आर्मीको जितका लागि रविन खत्रीले सर्वाधिक २९ स्कोर गर्दा सदीश प्रदानले २३ स्कोर गरेका थिए । पराजित साउथ साइडर्सका सञ्जय व्यञ्जनकारले २६ स्कोर गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।  होम एन्ड अवे प्रणालीमा जारी प्रतियोगितामा बिहीबार विशालनगर मिलन केन्द्रले हिमालयन हन्ट्सको सामना गर्दा जेभियर इन्टरनेसनल कलेजले गोल्डेनगेट इन्टरनेसनल कलेजको सामना गर्नेछ ।

प्रकाशित: १० फाल्गुन २०७४ ०३:३३ बिहीबार

कीर्तिपुर