खेल

काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता: लैनचौर च्याम्पियन

 लैनचौर तेक्वान्दो डोजाङले प्रथम एसकेबीसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ।एसकेबीसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु इन्टरनेसनल स्कुल (स्किब्स) ले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा लैनचौर ९ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो । 

दोश्रो भएको द नेक्स्ट लेभल तेक्वान्दोले ५ स्वर्ण, ४ रजत र १ कांस्य हात पार्‍यो । ३ स्वर्ण, २ रजत र १ कांस्य जितेको तुखियाँ तेक्वान्दो डोजाङले तेश्रो स्थानमा चित्त बुझायो।
टोखा नगरपालिका वडा ५, श्री टोलस्थित श्री समाज भवनमा भएको प्रतियोगिताको पुरुषमा एसकेबीसीका सोहन तामाङ र महिलामा ढल्को तेक्वान्दो डोजाङकी यान्चेन लामा उत्कृष्ट खेलाडी घोषित भए।
विजेतालाई टोखा नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका शिक्षा शाखा अधिकृत खगेन्द्रसिंह धामी, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।दुईदिने प्रतियोगितामा करिब ५ सय खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २८ पुस २०८० १४:५० शनिबार

काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता: लैनचौर च्याम्पियन