खेल

काजल अन्तर्राष्ट्रिय रेफ्री बनिन्

तेक्वान्दो खेलाडी काजल श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री बनेकी छिन्।अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उतिर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन्। 

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाकी काजलले गत डिसेम्बर ७ देखि १० तारिखसम्म अन्तराष्ट्रिय तेक्वान्दोले कोरियाको मुजुमा लिएको परिक्षामा सामेल भएकी थिइन्।काजल १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता हुन् । काजलले सन् २०२३ अगष्टमा कोरियामा भएको एमबीसी कप अन्तराष्ट्रिय तेक्वान्दोमा रजत जितेकी थिइन् भने २०२३ मै अजरबैजानमा भएको तेक्वान्दोको विश्व च्याम्पीयनसीपमा पनि सहभागिता जनाएकी थिइन्।

प्रकाशित: २७ पुस २०८० १५:०१ शुक्रबार

काजल श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री अन्तराष्ट्रिय तेक्वान्दो काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजक काजल १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता तेक्वान्दोको विश्व च्याम्पीयनसीप