खेल

सबै क्रिकेट प्रतियोगिताबाट सन्दीप निलम्बित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई सबै क्रिकेट प्रतियोगिताबाट निलम्बन गरेको छ।

क्यानले आज सूचना जारी गर्दै जिल्ला अदालतबाट लामिछानेलाई सजाय निर्धारण गरिएको हुँदा घरेलु तथा अन्तर्राष्ट्यि कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको बताएको हो।

क्यानको सूचनामा भनिएको छ, ‘सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र मिति २०८० पौष २५ गतेको कसुर ठहर आदेश बमोजिम नेपाली राष्ट्रिय टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको छ।’  

 

प्रकाशित: २६ पुस २०८० ०५:११ बिहीबार

नेपाल क्रिकेट सङ्घ क्यान सन्दीप लामिछाने क्रिकेट प्रतियोगिता जिल्ला अदालत सजाय निर्धारण