खेल

राष्ट्रिय भलिबल प्रतियोगिताः उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

३४ औं संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल खुलामञ्चमा आज दिउँसो १ बजेबाट सुरु हुनेछ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४ औं भलिबल प्रतियोगिता अन्तर्गत एपिएफले गण्डकीलाई र पुलिसले त्रिभूवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन्। आजको खेलमा जित हात पार्दै साविक विजेता एपिएफ लगातार दोस्रोपटक उपाधि जित्न चाहन्छ भने पुलिस पहिलोपटक उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छ।

नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्तर्गत आज तेस्रो स्थानका लागि आर्मी र गण्डकीबीच पनि प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित: २६ पुस २०८० ०४:२४ बिहीबार

राष्ट्रिय भलिबल प्रतियोगिता उपाधि एपिएफ नेपाल पुलिस सुर्खेत वीरेन्द्रनगर