खेल

स्टयान्डिङ टिम भारततिर

काठमाडौं – ह्विलचेयर क्रिकेट संघ नेपालले बुधबारबाट राँचीमा सुरु हुने भारतविरुद्धको सिसिएल कप ट्वान्टी–२० शृंखलामा भाग लिने नेपाली स्ट्यान्डिङ (ह्विलचेयर प्रयोग नगर्ने अपाङगता भएका व्यक्ति) क्रिकेट टोलीको विदाई गरेको छ।

झारखण्ड अपांङ त्रिकेट संघ तथा अपांङ खेलकुद जन उद्यान समितिको आयोजनामा फागुन ९ देखी ११ गतेसम्म हुने सिसिएल कप ट्वान्टी–२० शृंखलामा सहभागी हुने १४ खेलाडीसहितको २० सदस्यीय नेपाली टोली आइतबार राँची लागेको छ।

नेपाली टोलीको कप्तानी रामप्रसाद खरेलले गर्नेछन् । त्यस्तै टोलीका अन्य सदस्यमा रामबहादुर अधिकारी(उप–कप्तान), सुमन बराल, हेमबहादुर गुरुङ, ललन कुमार चौरासिया, मनोज थापा, राम कुँवर, डम्बर मगर, प्रदीप रिजाल, स्याम्बो भोटे, सोमबहादुर सुनुवार, दानबहादुर थिङ, लक्ष्मीप्रसाद अधिकारी र सोनाम शेर्पा छन् । नेपाली टोली प्रकाश विष्टको प्रशिक्षणमा छ।
 

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:५३ सोमबार

स्टयान्डिङ टिम भारततिर