खेल

एचएचसिएलाई उपाधि

काठमाडौं – एचएचसिएले आइतबार भ्याली पब्लिकमाथि ५९–५४ को जित हासिल गर्दै सातौं इनोभेटिभ अन्तर विद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर छात्रको उपाधि जितेको छ।

सिनियर छात्रामा भ्याली पब्लिकले आयोजक इनोभेटिभमाथि १९–१७ को जितसहित उपाधि कव्जा गर्दा जुनियर छात्रको फाइनलमा पुष्पसदनले रेडियन्टमाथि ३०–२१ को जित हासिल गरेको छ।

सिनियर छात्रमा एचएचसिएका तेन्जिङ राई, सिनियर छात्रामा भ्याली पब्लिककी दृष्टी श्रेष्ठ तथा जुनियर छात्रमा पुष्पसदनका रोजिन महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए।

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:५१ सोमबार

एचएचसिएलाई उपाधि