खेल

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताः आजबाट सेमिफाइनल सुरु

वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेल आजबाट सुरु भएको छ।

अहिले बिहान साढे १० बजेबाट सुरु भएको सेमिफाइनलको पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ।

यस्तै आजै हुने सेमिफाइनलको अर्को खेलमा नेपाल पुलिस क्लब र कोसी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

एपिएफ र आर्मी आआफ्ना समूहको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन्। समूह ‘ए’ को एपिएफले बाग्मती प्रदेशलाई र समूह ‘बी’ को आर्मीले मधेसलाई समान ३–० ले हराउँदै आफ्नो समूहका विजेता बनेका थिए। एपिएफले बाग्मतीलाई २५–७, २५–१८ र २५–१३ ले हरायो भने आर्मीले मधेसलाई २५–२०, २५–१९ र २५–१४ ले पराजित गर्‍यो।

यसैगरी पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। प्रतियोगिताका अपराजित यी दुई टोली सोमवार नै सेमिफाइनल पुगिसकेका थिए।

प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ।

प्रकाशित: २५ पुस २०८० ०४:५२ बुधबार

३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता एपिएफ क्लब र गण्डकी प्रदेश