खेल

राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप सुरु

नेपाल भारोत्तोलन सङ्घको आयोजनामा आज मंगलबारदेखि भक्तपुरमा २६औँ, पुरुष तथा ११ औँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ।प्रतियोगिता २६ गते बिहीबार सम्म हुनेछ।

प्रतियोगितामा विभागीय टोली र देशभरका गरी दुई सय ५० खेलाडीको सहभागिता रहेको आयोजक सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिए।प्रतियोगिताले देशभरका खेलाडीको प्रदर्शनमा थप सुधार हुने अपेक्षा गरेको पनि अध्यक्ष श्रेष्ठले बताए।

प्रतियोगितामा विभिन्न चार तौल समूहमा प्रतिस्पर्धा हुनेछ, जसमा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ र १०९ केजी माथि, यूथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ केजी माथि, जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी माथि र यूथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

मध्यपुर ठिमीमा भएको प्रतियोगितामा महिलातर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कुल २७० तथा पुरुषतर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्यसहित २७० गरी कुल ५४० पदकका लागि प्रतिस्पर्धा हुनेछ।प्रतियोगिता सम्पन्न गर्न ८६ लाख रुपियाँ लगानी हुने आयोजकले जनाएको छ। 

प्रकाशित: २४ पुस २०८० १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App