खेल

एनआइसी एसिया च्याम्पियन

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैक(एनआइबीएल)ले स्थापनाको ३२औं वार्षिकोत्सवमा आयोजना गरेको अन्तर बैक फुटसल प्रतियोगिताको उपाधि एनआइसी एसिया बैंकले जितेको छ।

शुक्रबार फाइनलमा एनआइसी एसियाले आयोजक एनआइबिएलाई टाइ–ब्रेकरमा ३–२ ले पराजित गर्दै उपाधि  जितेको हो । एनआइसी एसियाका अनिल ढकाल उत्कृष्ट गोलकिपर घोषित भए।

एनआइसी एसियाको पूरै टिमले पोखरा टुरको प्याकेज तथा उपविजेता र अन्य व्यक्तिगत विधाका विजेताले एक  दिने नगरकोट रिफ्रेसमेन्ट प्याकेज प्राप्त गरेका छन्।
 

प्रकाशित: ५ फाल्गुन २०७४ ०३:४५ शनिबार

एनआइसी एसिया च्याम्पियन