खेल

फुटबल जगतका आइकन मानिने फ्रान्जको निधन

फुटबल जगतका आइकन मानिने जर्मनीका पूर्व खेलाडी फ्रान्ज बेकेनबवरको निधन भएको छ। फुटबल इतिहासमा उत्कृष्ट खेलाडीमध्येका एक फ्रान्जको ७८ वर्षको उमेरमा सोमवार निधन भएको हो।

जर्मन फुटबल महासङ्घ (डीएफबी) ले फ्रान्जको निधनबारे जानकारी दिएको छ। तर, उनको मृत्युको कारण भने खुलेको छैन।

बेकेनबवरले पश्चिम जर्मनीलाई दुई विश्वकप जिताउन नेतृत्व गरेका थिए। पहिलो १९७४ मा खेलाडीको रूपमा र १९९० मा मुख्य प्रशिक्षकको रूपमा टिमको नेतृत्व गरेका थिए।

बेकनबवर डिफेन्डरको रुपमा खेल्ने गर्थे। उनले बायर्न म्युनिखको लागि सबैभन्दा धेरै ५८२ पटक खेलेका थिए।

प्रकाशित: २४ पुस २०८० ०५:४९ मंगलबार

फुटबल जर्मनी फ्रान्ज बेकेनबवर उत्कृष्ट खेलाडी बायर्न म्युनिख